दफा १६८
ठहर गर्नु पर्ने कुरामा प्रमाण बुझ्ने

(१) अदालतले मुद्दाका पक्षहरूलाई उपस्थितिको निमित्त तोकिएको तारिखका दिन बादी र प्रतिबादीको रोहबरमा फिरादपत्र,प्रतिउत्तरपत्र र पेश भएका सबै लिखत प्रमाण हेरी तथा निजहरूसँग सो विषयमा आवश्यक कुरा सोधपुछ समेत गरीत्यसबाट दुवै पक्षको कुरा मिले वा नमिलेको विषय यकिन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम यकिन गर्दा बादी दाबीका सम्बन्धमा दुबै पक्षको कुरा मिलेको देखिन आएमा अदालतले सोही दिननिर्णय गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम यकिन गर्दा दुवै पक्षको कुरा आंशिक वा पूर्ण रूपमा नमिलेको देखिन आएमा अदालतले जुन जुनकुरा नमिली ठहर गर्नु पर्ने हो सो कुरा र त्यस सम्बन्धमा बुझ्नु पर्ने थप अन्य प्रमाण स्पष्ट खुलाई सबुतप्रमाण झिकाउन आदेश दिई सबुत प्रमाण बुझ्ने तारिख तोक्नु पर्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दामा ठहर गर्नु पर्ने विषयसँग सम्वद्ध कुरा बाहेक अन्यकुरामा प्रमाण बुझ्न सकिने छैन ।